नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले २१ फागुनको निर्वाचनमा मोरङ– ४ बाट टिकट पाएका छन् । कांग्रेस संसदीय बोर्डले गुरुलाई मोरङ– ४ बाट टिकट दिएको थियो ।

गुरु पहिलोपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मोरङ– ४ बाट तत्कालीन माओवादी केन्द्रका अमनलाल मोदीले चुनाव जितेका थिए । कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएका थिए ।