राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नेता शिशिर खनालले ६ मा उम्मेदवारी दर्ता गरेका छन् । गत निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । चुनाव जितेपछि केही समय शिक्षा तथा प्रविधिमन्त्री भएर पनि काम गरे ।

खनालको उम्मेदवारीलाई असनकी युवा महिला उद्यमी शैलेजा कसाजुले प्रस्तावक रहेकी छन् भने तारकेश्वरका युवा अभिषेक थापा समर्थक बसेका छन् ।

समर्थक थापा जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते घाइते भएका थिए ।

आगामी २१ फागुनको निर्वाचनका लागि आज देशभर मनोनयन भइराखेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको हो ।