धनुषा । करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
धनुषाधाम नगरपालिका–६ हरिपुर बस्ने ५५ वर्षीय चन्देश्वर महतोको करेन्ट लागेर बिहीबार (माघ ८) बिहान मृत्यु भएका हो ।
तरकारी बाली जोगाउन करेन्ट प्रवाह गरी लगाएको तारबारबाट करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








