आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मनाङमा तीन उमेदवार कायम भएका छन् । दुईजनाले उमेदवारी फिर्ता लिएसँगै तीनजनालाई उमेदवार कायम गरिएको हो ।

नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुविरसिंह गुरुङले शुक्रबार (माघ ९) उमेदवारी फिर्ताको निवेदन दिएका थिए । त्योसँगै उमेदवारबाट उनीहरूको नाम हटाइएको मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले बताए ।

मनाङमा पाँचजनाले मनोनयनपत्र दर्ता गराएका थिए । दुईजनाको नाम उमेदवारको सूचीबाट हटाइएसँगै अब चुनावी मैदानमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का यशोदा गुरुङ (सुवेदी) र मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घले छन् ।