११ माघ, विराटनगर । राष्ट्रियसभा निर्वाचनमा काेशी प्रदेशबाट दलिततर्फ साेमनाथ पाेर्तेल निर्वाचित भएका छन् ।
कांग्रेस एमाले गठबन्धनबाट उम्मेदवार बनेका उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे । महिलातर्फ एमाले उम्मेदवार राेश्नी मेचे निर्वाचित भएकी थिइन् । यहाँ प्रदेश सभाबाट सूर्यमा ६८, तारामा १८ गरी ८७ मत खसेको थियो । त्यस्तै स्थानीय तहबाट सूर्यमा २०१, तारामा ५७ गरी २५८ मत खसेको थियो ।








