काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उपचाररत राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा प्रेस विज्ञप्ति जारी गरेको छ । सामाजिक सञ्जालमा भेटिएका फोटोहरू त्रिवि शिक्षण अस्पतालको नभएको विज्ञप्ति मार्फत स्पष्ट पारिएको हो ।
लामिछाने अस्पताल भर्ना भएको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा उनका अनेकन् एआई सिर्जितका साथै पुराना फोटोहरू भाइरल भइरहेका छन् । विज्ञप्ति अनुसार ५ माघ २०८२ का दिन जनकपुरको कार्यक्रममा लामिछानेको देव्रे खुट्टामा चोट लागेको तथा औषधि सेवन गर्दा पनि सन्चो नभएर सेलुलाइटिस हुन पुगेको छ ।

सोही कारण १३ माघमा शिक्षण अस्पतालको हाडजोर्नी विभाग अन्तर्गत भर्ना भएको र नशाबाट आईभी एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको जनाइएको छ । “उहाँको अवस्था अहिले सामान्य रहेको कुरा जानकारी गराउँदै शीघ्र स्वस्थ लाभको कामना गर्दछौँ,” अस्पतालले भनेको छ ।