काठमाडौं । विभिन्न ६ बुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलमा विगत ९ दिनदेखि आमरण अनसनरत जेनजी अभियन्ता अजय सोडारीलाई बुधबार वीर अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।

लगातार ९ दिनसम्म अनसन बस्दा पनि सरकारले कुनै चासो नदेखाएको उनका समर्थकहरूले जनाएका छन् । जसका कारण उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको उनीहरूले जनाएका छन् । सरकारले जेनजीका मागहरूलाई बेवास्ता गरेको उनीहरूको आरोप छ ।

यी हुन् सोडारीका माग :

१. निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठनमार्फत देशलाई दिगो निकास दिनुपर्ने ।२. जेनजी आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूको तत्काल रिहाइ तथा दोषीमाथि हदैसम्मको कारबाही ।३. भ्रष्टाचार अभियोग लागेका सम्पूर्ण व्यक्तिमाथि निष्पक्ष छानबिन र निर्मम कारबाहीको सुनिश्चितता ।
४. प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागु गरिनुपर्ने ।५. संविधान संशोधन वा पुनर्लेखनमार्फत राज्यको पुनर्संरचना गरिनुपर्ने ।६. विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गरिनुपर्ने ।