भारत नयाँदिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ ।
काठमाडौंमा मौसम प्रतिकूल हुँदा एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ९:५० मा अवतरण गर्नुपर्ने जहाज बनारस डाइभर्ट गर्नुपरेको हो । आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कमजोर थियो ।
अहिले भने उडान/अवतरण सामान्य छ । तर, उडान चाप भने छ । एयर इन्डियाको डाइभर्ट भएको जहाज समेत अहिले काठमाडौं अवतरणका लागि आइरहेको छ ।








