काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ। साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत विचार(विमर्श हुने र केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।