झापा। झापा –५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रञ्जित तामाङले देशको वर्तमान अवस्था सत्ताको चाबी अयोग्य व्यक्तिको हातमा पुग्दा बिग्रिएको बताएका छन् । सामाजिक सञ्जालमा शहिद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत तामाङले लेखेका छन्,“यो देश सतीले सरापेको होइन, गलत नेतृत्वका कारण पीडित भएको” उल्लेख गरेका छन्।

उनले सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको भन्दै यसपटक त्यस्ता शक्तिलाई जनताले नै पर्छार्ने बताएका छन्। तामाङले सत्ता सडकमा फर्काउने र सडकबाटै सत्ता निर्माण गर्ने तागत जनतामा रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, “इतिहासको निर्माता जनता हुन् ,परिवर्तनको वास्तविक शक्ति जनतामै हरेको छ ।”शहिद दिवसको सन्दर्भमा तामाङले देशका लागि जीवन उत्सर्ग गर्ने शहिदहरूप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै शहिदले देखेको सपना पूरा गर्ने व्यक्ति नै देशको साँचो नेतृत्व हुने उल्लेख गरेका छन् ।
विभिन्न कालखण्डमा लोकतन्त्र, अधिकार र देशको भविष्यका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण शहिदप्रति उनले सम्झना, सम्मान र संकल्प समेत व्यक्त गरेका छन्।