संखुवासभाको चैनपुर नगरपालिका–१०, इखम्बुमा सामान्य विवादमा शनिबार एक जनाको ज्यान गएको छ।
दिउँसो करिब ४ बजे ५९ वर्षीय शिवकुमार राई र सोही स्थानका ४७ वर्षीय लीलाप्रसाद राईबीच बस्तुले घाँस खाएको विषयमा सामान्य विवाद भएको थियो। विवाद चर्किँदै जाँदा शिवले आफ्नो साथमा बोकेको खुकुरी निकालेर लीलामाथि प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका लीलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर तथा प्रहरी चौकी खराङबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाटै अभियुक्त शिवलाई खुकुरीसहित नियन्त्रणमा लिएको छ।
हाल घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।







