सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) आज पनि विवादका कारण सुरु हुन सकेको छैन।
बिहान ९ बजेका लागि बोलाइएको सभा निर्धारित समयमा सञ्चालन हुन नसकेको हो।
सभा स्थलमा सुरक्षाकर्मी तथा बाउन्सर परिचालन गरेर समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई समेत प्रवेशमा रोक लगाइएको छ। उपस्थित प्रहरी टोलीले `माथिको आदेश´ भन्दै पत्रकारलाई सभा स्थलभित्र जान नदिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। कम्पनीको साधारण सभा यसअघि पनि विवादकै कारण दुई पटक स्थगित भएको थियो ।








