काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले एमालेलाई सिध्याउन अनेकन षड्यन्त्र भइरहेको बताएका छन्। काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँग संवादमा बोल्दै एमालेविरुद्ध देशभित्र र बाहिरबाट पनि षड्यन्त्र भइरहेको बताए।
उनले भने, ‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्र बजबूत हुनुपर्छ। भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ। त्यो पक्षमा छैनौँ। हामी आन्तरिक रूपमा सुदृढ हुन चाहन्छौँ।’
उनले विगतको आत्मसमीक्षा गरेर चुनावमा होमिएको भन्दै काठमाडौं उपत्यकामा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे। उनले एमालेले यस पटक फरक ढङ्गले घोषणापत्र ल्याउने तयारी गरिरहेको समेत बताए।








