प्रधानमन्त्री सुशीला कार्की मतपत्र छपाइ भइरहेको स्थलको निरीक्षणका लागि पुगेकी छन् । उनी केही बेरअघि भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेकी हुन् ।

निर्वाचन आयोगले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग सम्झौता गरेको छ । यसअघि पनि सोही छापाखानाबाट मतपत्र छापिँदै आएको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मतपत्र छपाइको प्रगति र अवस्था बुझ्न प्रधानमन्त्री कार्की जनक शिक्षा पुगेकी हुन् । निर्वाचन आयोगका अनुसार केही जिल्लाका मतपत्र छपाइ भइसकेको छ भने केही जिल्लामा मतपत्र वितरणसमेत सुरु भइसकेको छ ।