नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापालाई सूर्यमय बनाउने दाबी गरेका छन् । चुनाव प्रचारप्रसारका लागि शुक्रबार झापा पुगेका ओलीले जिल्लाका सबै क्षेत्रमा सूर्यध्वजाबहाक उम्मेदवारहरू विजयी हुने दाबी गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली झापा–५ बाट उम्मेदवार बनेका छन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित ओलीलाई २१ फागुनमा हुने चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले चुनौती दिइरहेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख पदबाट राजीनामा दिएका शाह रास्वपामा प्रवेश गरी चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।
ओलीले ६ माघमा उम्मेदवारी दर्ता गराएपछि पहिलोपटक झापा भ्रमण गरेका हुन् । उनी आगामी दिनमा झापामा रहेर चुनावी प्रचार–प्रसारमा केन्द्रित हुने बुझिएको छ ।








