कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाकोे मृत्यु भएको छ । एकजना घाइते छन् ।

लालझाँडी गाउँपालिका–६, चानदेवका किसनसिंह साउदको घरमा हात्तीले आक्रमण गर्दा उनकी ६ वर्षीया छोरी रोजिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

शनिबार (माघ २४) राति जंगली हात्तीले साउदको घरमा आक्रमण गरेको थियो । घरमा हात्तीको आक्रमण भएपछि भाग्ने क्रममा उनकी ५५ वर्षीया आमा पार्वती साउद घाइते भएकी छन् ।

घाइतेलाई थप उपचारका निम्ति धनगढी ‘रेफर’ गरिएको छ । बालिका रोजिनाको उपचारका क्रममा धनगढीस्थित नवजीवन अस्पतालमा मृत्यु भएको डीएसपी शाहीले जानकारी दिए ।