नेपालले आईसीसी पुरुष टी– २० विश्वकपमा दोस्रो सफलता हात पारेको छ । मुम्बईस्थित वानखेडे रंगशालामा जारी खेलमा नन्दन यादवले नेपाललाई विकेट दिलाएका हुन् ।

उनले पाँचाैँ ओभरको तेस्रो बलमा जोस बलटरलाई व्यक्तिगत २६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए । १५ बलको सामना गरेका बटलरले ५ चौका प्रहार गरेका थिए ।

नन्दन विश्वकपमा पहिलो खेल खेलिरहेका छन् । यसअघि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका शेर मल्लले नेपाललाई पहिलो सफला दिलाएका थिए ।