काठमाडौँ । अग्रज हाँस्यकलाकार शैलेन्द्र सिंखडाले काठमाडौँ क्षेत्र नं ६ का नेपाली कांग्रेसका उम्मेदवार सबुज बानियाँ (कृष्ण)लाई शुभकामना दिएका छन् ।
उनले बानियाँ ‘डट्ने मान्छे, खट्ने मान्छे, कहिले पछि नहट्ने मान्छे’ भन्दै आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा जितका लागि शुभकामना दिए ।
सिंखडाले बानियाँलाई ‘सिङ्गै रुख बोकेर हिँड्ने मान्छे कहिल्यै विश्राम नलिने मान्छे,सुझबुझ सहितको सबुज बानियाँ (कृष्ण)लाई विजयको शुभकामना’ भनेका छन् ।
नेपाली कांग्रेसका काठमाडौँ जिल्ला सभापतिसमेत भएका बानियाँलाई काठमाडौँ ६ का प्रमुख दावेदारका रूपमा हेरिएको छ ।








