काठमाडौं । कस्तुरी मृगको बिनासहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–२ का सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ का जितेन्द्रबहादुर चन्द छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयल टेकुको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । परियार नेपाली सेनाका अवकाशप्राप्त सिपाही रहेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार, चन्द यसअघि बैंकिङ कसुर मुद्दा र ०७५ मा डाँकाचोरी कसुरमा मुद्दा चलिसकेका व्यक्ति हुन् ।