धनगढी । नेपाली मौलिक स्वादको ४८ वर्षे विरासत बोकेको बाजेको सेकुवाले धनगढीको हसनपुर-०५ (जेन्ज मार्गको अगाडि) मा आफ्नो २६औँ शाखा सञ्चालनमा ल्याएको छ ।
यस नयाँ शाखाको विस्तारसँगै बाजेको सेकुवाको चर्चित मौलिक स्वाद अब सुदूरपश्चिम प्रदेशमा पनि उपलब्ध भएको बाजेको सेकुवाले जनाएको छ ।
आफ्नो सिग्नेचर सेकुवा, छोयला, खाजा सेट र दाउराको आगोमा पकाइएका परम्परागत स्वादहरूका लागि प्रख्यात यस ब्रान्डले सांस्कृतिक सम्पदा र आधुनिक सुविधाको सङ्गमलाई ध्यानमा राख्दै ग्राहकहरूलाई न्यानो र पारिवारिक वातावरण प्रदान गर्ने जनाइएको छ।
नेपालको समृद्ध खानपान परम्परालाई जगेर्ना गर्ने, गुणस्तरीय सेवा दिने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने आफ्नो प्रतिबद्धतालाई यस विस्तारले थप मजबुत बनाएको कम्पनीले जनाएको छ।








