काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन दिएर ८० लाख ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीले बिहीबार ती अभियुक्तहरुलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ ।

प्रहरीका अनुसार अभियुक्तत्रय महोत्तरी सम्सीपालिका-१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका-३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका-१ का रामकुमार राईलाई पाँच जना पीडितबाट उक्त रकम ठगेका हुन् ।

अभियुक्तहरुले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै पीडितहरूबाट विभिन्न समयमा लाखौँ रुपैयाँ लिएका थिए ।