पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको ठूलो भीड जुटेको छ। विमानस्थल वरिपरि सुरक्षा कडा पारिएको छ।
निषेधाज्ञा जारी भए पनि झापाबाट हेलिकोप्टरमार्फत फर्किएका उनलाई स्वागत गर्न राजावादी कार्यकर्ता र समर्थकहरू भेला भएका छन्।
विमानस्थलदेखि निर्मल निवाससम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।







