पूर्वी नवलपरासीकाे गैंडाकोटमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–८ स्थित संगम मार्गमा प्रदेश ३–०२–०१४ प १४४३ नम्बरको स्कुटरले गएराति ठक्कर दिँदा स्थानीय ५० वर्षीय लखन तामाङको मृत्यु भएको हो ।

गएराति स्कुटरले ठक्कर दिँदा घाइते भएका तामाङको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न स्कुटर चालक गैंडाकोट–८ का २६ वर्षीय प्रविन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताए ।