कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद बस्तु फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार तौलिहवा बहादुरगंज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको बताउनुभयो ।
उहाँले शङ्कास्पद वस्तु फेला परेको ठाउँमा नेपाल प्रहरीको टोली पुगिसकेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर भइरहेको बताउनुभयो । सो बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







