काठमाडौंको महाराजगञ्जमा पैदलयात्रुलाई मुक्का हार्ने कार चालक प्रहरीको नियन्त्रणमा परेका छन् । मंगलबार पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर बग्गी खानामा राखेको छ ।

‘सर्वसाधारण व्यक्तिलाई मुक्का हान्न कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई बग्गीखानामा राखिएको छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रविण धितालले भने, ‘आवश्यक कारवाहीको प्रक्रिया अघि बढ्दैछ ।’