काठमाडौं । महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर मंगलबार (फागुन ५) बिहान एक बालकको मृत्यु भएको छ । मनरा शिसवा नगरपालिका–९, बथनाहा बस्ने रूपेशकुमार साहको छोरा चार वर्षीय अमनकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरको पछाडि रहेको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको हो ।








