काठमाडौं । लाजिम्पाटस्थित होटेल ले हिमालयको छैठौँ तलामा रहेको पान–एसियन फाइन डाइनिङ रेस्टुरेन्ट साके एन्ड फेंगले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ । स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यका साथ यो नयाँ मेनु सुरु गरिएको हो ।
साके एन्ड फेंग पान–एसियन भोजनका लागि परिचित रेस्टुरेन्ट हो । यसले इनडोर तथा आउटडोर एम्बियन्स, निजी डाइनिङ र मिटिङ रूम, कराओके रूम र रूफटप स्पेसजस्ता सुविधाहरू प्रदान गर्दै आएको छ । यी सबै सेवा समेटेर, निजी कार्यक्रम, सामाजिक जमघट र कर्पोरेट इभेन्टका लागि उपयुक्त वातावरण सिर्जना गरिएको छ ।
नेवारी संस्कृति आफ्नो परम्परा, चाडपर्व, कला, वास्तुकला र खाजा तथा विविध परिकारका लागि प्रसिद्ध छ । नेवारी खाजा नेपालको सांस्कृतिक रूपमा समृद्ध परिकारका लागि परिचित छ । यसको स्वाद, मसला, बनाउने तरिका र विविधताका कारण विशेष मानिन्छ । परम्परागत मसला, स्थानीय सामग्री र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको पकाउने शैलीले हरेक परिकारलाई स्वस्थ र स्वादिलो बनाउँछ ।








