काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहकलाई भक्तपुर–९, राधेराधेस्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा.लि.ले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट सम्झौता गरेको छ ।

सम्झौताबमोजिम बैंकमा खाता रहेका ग्राहकलाई प्याथोलोजि ल्याबको विविध सेवा शुल्कमा डिजिटल कारोबारमा मात्र लागु हुनेगरी बिल रकमको २० देखि ५० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा फागुन ८ गते बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.को तर्फबाट ल्याब निर्देशक वेदप्रकाश मिश्रले हस्ताक्षर गरे ।