रसुवा : प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले नेपाल–चीन सीमा क्षेत्रको रसुवागढी नाका चार दिनका लागि बन्द गरिएको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार फागुन १८ गते बिहान ७ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म नाका पूर्णरूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा निर्वाचनलाई सफल र व्यवस्थित बनाउन मतदान केन्द्रहरूको संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा निर्वाचन सुरक्षाकर्मीलाई परिचालन गरी मतदान प्रक्रिया शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरिने जनाएको छ ।








