जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य सुमन खड्का, बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुर महालक्ष्मी ६ वडाका वडा सदस्य सुरेन्द्र महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरूलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरे ।

त्यस्तै, आजै भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका नेकपा एमालेसँग आबद्ध नेता तथा कार्यकर्ताहरू पनि नेकपामा प्रवेश गरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ८ का श्याम मचामसी, राम बाला र राजू लवजू, भक्तपुर नगरपालिका वडा नं. ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं. ८ का कृष्ण राम कवालगायतका नेता–कार्यकर्ताहरूले नेकपा एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।