जेन–जी पुस्ताका अगुवा मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । उनी कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने भएकाले ढुंगानासहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।

मिराज त्यस्ता जेन–जी अगुवा हुन्, जसले गत भदौ २३ गतेको जेन–जी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएका थिए । तर उनी आन्दोलनमा देखा परेनन् ।

माइतीघरबाट सुरु भएको जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम थियो । आन्दोलनमा घुसपैठ भउको भन्दै मिराजले सबै जेन–जीहरूलाई घर फर्कन आह्वान गरेका थिए ।

जेन–जी आन्दोलनपछि उनले नयाँ दल खोल्ने तयारीसमेत गरेका थिए । तर अहिले कांग्रेस प्रवेश गर्न लागेका हुन् ।