काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदानमा पछिल्लो परिणामअनुसार, रास्वपा समानुपातिकतर्फ निकै अघि देखिएको छ ।
रास्वपाले ४२ हजार ४० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । ७५ हजार १५३ मत गाणना हुँदा रास्वपाले उक्त मत पाएको हो ।
दोस्रोमा, रहेको कांग्रेसले १२ हजार ५५३ र एमालेले ७ हजार १३८ मत प्राप्त गरेको छ । राप्रपाले ५ हजार १९२ मत ल्याएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई उछिनेको छ ।
नेकपाले ३ हजार १६४ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीले १ हजार ५३९, राष्ट्रिय परिवर्तन पार्टीले १ हजार २९१ मत प्राप्त गरेको आयोगको तथ्यांकले देखाउँछ ।








