काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको देशभर मतगणना जारी रहँदा मुगु जिल्लामा भने भौगोलिक विकटताका कारण मतगणनामा ढिलाइ भएको छ।
चीनसँग सिमाना जोडिएको दुर्गम क्षेत्र मुगुम् कार्मारोङ्ग गाउँपालिकाका डोल्पु र मुगुका २ वटा बुथ केन्द्रका मतपेटिका सदरमुकामसम्म ल्याउन दुई दिनसम्म पैदल हिँड्नुपर्ने भएकाले समय लागिरहेको हो।
जिल्ला निर्वाचन आयोग मुगुका अनुसार ती मतपेटिका आज केही समयमै सदरमुकाम पुग्ने अपेक्षा गरिएको छ। मतपेटिका पुगेपछि सर्वदलीय बैठक आह्वान गरी आज ढिलोमा करिब ३–४ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिएका छन्।
स्थानीय युवा आशिष देवकोटाका अनुसार ३६६५३ मतदाता भएको मुगुमा प्रत्यक्षतर्फ २२,०७७ मत खसेको छ र मुगु जिल्लामा कुल ७० वटा बुथ केन्द्र रहेका छन्।








