काठमाठौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् । निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी जित हासिल गरेका हुन्।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ५२१ को विशाल मतान्तरले पराजित गरे। कांग्रेसका महर्जनले ७ हजार ४२० मत मात्र प्राप्त गरे। यस क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन ४ हजार ५३६ मतसहित चौथो स्थानमा खुम्चिए भने उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले ५ हजार ५४७ मत प्राप्त गरे।

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ६१ हजार ९७५ मतदान भएको थियो। जसमा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुषले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो। २३ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रमा निवर्तमान सञ्चारमन्त्री खरेलको यो जितले काठमाडौँ उपत्यकामा रास्वपाको बलियो पकडलाई पुनः पुष्टि गरेको छ।