बेइजिङ । चीनले मध्यपूर्वमा जारी युद्धका कारण युद्धको आगो फैलिने खतरा रहेको चेतावनी दिँदै अमेरिकालाई तत्काल युद्धविराम र कूटनीतिक वार्तामा फर्किन आह्वान गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले आइतबार पत्रकार सम्मेलनमा बोल्दै इरानमा भइरहेको युद्धले कसैलाई पनि फाइदा नपुग्ने बताएका छन् । उनले भने, ‘यो युद्ध कहिल्यै हुनु हुँदैनथ्यो, र युद्धबाट कसैलाई पनि लाभ भएको छैन ।’
चीनले आफूलाई विश्वमा शान्ति, स्थिरता र न्यायको महत्वपूर्ण शक्ति भन्दै तत्काल युद्धविराम गरी परिस्थिति थप चर्किन नदिन सबै पक्षलाई संयमता अपनाउन आग्रह पनि गरेको छ । सबै पक्ष यथाशीघ्र वार्ताको टेबलमा फर्केर समान संवादमार्फत मतभेद समाधान गर्नुपर्नेमा यीले जोड दिएका छन् ।
चीनको यो प्रतिक्रिया त्यतिबेला आएको हो जब चिनियाँ राष्ट्रपति ह्ष् व्ष्लउष्लन ले यही महिनाको अन्त्यतिर बेइजिङमा अमेरिकी राष्ट्रपति म्यलबमि त्चगmउ लाई महत्वपूर्ण शिखर वार्ताका लागि स्वागत गर्ने तयारी गरिरहेका छन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच हुने उक्त भेटलाई निकै महत्वपूर्ण मानिएको छ।
चीनको इरानसँग लामो समयदेखि नजिकको सम्बन्ध रहेको छ । साथै मध्यपूर्वमा बढ्दो युद्धका कारण तेलको मूल्य वृद्धि र विश्व अर्थतन्त्रमा पर्ने असरबारे पनि बेइजिङ चिन्तित देखिएको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक साताभन्दा बढी भइसकेको छ, तर युद्ध अझै रोकिएको संकेत देखिएको छैन । यसअघि ट्रम्पले इरानसँग कुनै सम्झौता सम्भव नभएको र केवल निर्विवाद आत्मसमर्पणमात्र स्वीकार्य हुने बताएका थिए ।
‘अहिले चाहिएको कुरा भनेको दुवै पक्षले पूर्ण तयारी गर्नु, अनुकूल वातावरण निर्माण गर्नु, विद्यमान मतभेदहरूलाई व्यवस्थापन गर्नु अनि अनावश्यक हस्तक्षेप हटाउनु हो,’ वाङले आइतबार भने । चीनको दृष्टिकोण सधैं सकारात्मक र खुला रहेको भन्दै उनले अमेरिकाले पनि त्यही दिशामा अघि बढ्न भनेका छन् ।








