सुनसरी। सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ।

गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १-०२-००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लास्टिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।