काठमाडौं : बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ३.४८ अंकले बढेर २८००.०५ विन्दुमा पुगेको छ।
प्री ओपन सेसनमा ६३ वटा स्क्रिप्सको १ लाख ६० हजार ४९८ कित्ता सेयर ६ करोड ९१ लाख १५ हजार ३३६ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।








