सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले जथाभावी गरेमा सदन र सडक दुबै तताउने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबूकमा आइतबार बिहान भावी प्रधानमन्त्री बालेन शाहलाई लक्षित एक पोष्ट गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले जे पायो त्यही निर्णय गर्छ भने सदन र सडक दुवै तताउने काम म गर्नेछु ! जय जनता ! जय लोकतन्त्र !!’