काठमाडौं । लुम्बिनी प्रदेशको गुल्मीमा यति बेला (सोमबार दिउँसो १ः३० बजे) पानी परिरहेको छ । त्यहाँ ‘हल्का’ वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त वर्षा गराउने बादल गण्डकी प्रदेशतिर सर्दै गइरहेको विभागले उल्लेख गरेको छ । “गण्डकी प्रदेशमा दिउँसो हल्का पानी पर्ने सम्भावना छ,” विभागले भनेको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागले जनाएको छ ।








