राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदका लागि प्रशिक्षण तथा परिचयात्मक कार्यक्रम गरेको छ । मंगलबारदेखि ललितपुरको एक होटलमा भइरहेको प्रशिक्षणमा सभापति रवि लामिछाने र बालेन शाह सहभागी छैनन् ।
पार्टीका शीर्ष नेताहरू नै प्रशिक्षणमा सहभागी नभएको पछि विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । यसैबीच सोही पार्टीका नेता गणेश पराजुलीले यसबारे सञ्जारकर्मीलाई जानकारी दिएका छन् :
उहाँहरूको बारेमा प्रश्न आउनु स्वाभाविक हो । हामी सबै मानिस हौँ, रोगव्याधी र दु:खकष्ट हुन सक्छ । अहिले सभापतिज्यू पनि अस्वस्थ्य हुनुहुन्छ । उहाँको स्वास्थ्यमा सुधार भएको छ । र, वरिष्ठ नेताज्यूको स्वास्थ्यमा पनि समस्या देखिएको छ । त्यही कारण उहाँहरू हिजोदेखि नै यहाँ आउन सक्नुभएको छैन । यद्यपि, आज अलि सन्चो भएको खण्डमा आइपुग्ने भन्ने कुरा छ । सभापतिज्यूको स्वास्थ्य सुधार भएको र उहाँ आउँदै हुनुहुन्छ । र, वरिष्ठ नेताज्यूहरूमा अलिकति समस्या आएको जनकारी भएको छ ।
उहाँहरूले यो प्रशिक्षणमा सहभागी हुनुपर्ने होइन र ? भनेर सोधेको प्रश्न जायज छ । सँगै उहाँहरू आफू सहभागी भएर सहयात्री प्रतिनिधिसभा सदस्यहरूसँग भेटघाट र परिचयात्मक कार्यक्रम हुने नै छ ।








