काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाले काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरका ३२ वटै वडामा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका कार्यवाहक उपप्रमुख सुनिता डङ्गोलका समुपस्थितिमा महानगरका तर्फबाट स्वास्थ्य विभागका निर्देशक दीपक केसी र नेपाल रेडक्रस सोसाइटी काठमाडौँ जिल्ला शाखाका तर्फबाट सभापति श्यामकाजी डोटेलले आज यहाँ आयोजित कार्यक्रममा सो सम्बन्धी सम्झौतमा हस्ताक्षर गरे ।

कार्यक्रममा महानगरका वरिष्ठ अधिकृत र रेडक्रस काठमाडौँ शाखाका उपसभापति अन्जना श्रेष्ठ मास्के, मन्त्री बुद्धिमान शाक्य, कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर र शाखा अधिकृत बालकृष्ण श्रेष्ठको उपस्थित थिए ।