चितवनमा तेल ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ।
रत्ननगर-९ निपनीस्थित पूर्व-पश्चिम राजमार्गमा भरतपुरतर्फ आउँदै गरेको ट्यांकरले भित्री सडकबाट निस्किएको स्कुटरलाई ठक्कर दिएको थियो।
लु २ ख २८९४ नम्बरको ट्यांकरको ठक्करबाट ना ५५ प ८०७७ नम्बरको स्कुटरमा सवार ३५ वर्षीया मीना रेग्मीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
स्कुटर चालक भरतपुर-७ बस्ने ५३ वर्षीय पूर्ण सापकोटालाई भने केही नभएको रिजालले बताए।
प्रहरीका अनुसार तेल ट्यांकरले सडक छेउमा रोकिएका ना ६५ प ७८८३, ना ५५ प ८०८३ नम्बरको मोटरसाइकल र एउटा साइकललाई पनि ठक्कर दिएको थियो।
ट्यांकर र चालक प्रहरीको नियन्त्रणमा छन्।








