श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नव-निर्वाचित प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफूहरू सरकारमा सहभागी नहुने बताएका छन् ।मङ्गलवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूहरूलाई सरकारमा जान जनताले म्यान्डेट नदिएको बताएका हुन् ।
उनले भने, ‘जनताले हामीलाई सरकारमा जाने म्याडेट दिएका छैनन् । प्रतिपक्षमा बसेर प्रश्न गर्ने म्यान्डेट दिएका छन् । हामी सोही म्यान्डेट अनुसार काम गर्छौँ ।’
राम्रो काम गर्नेलाई श्रम संस्कृति पार्टीको सधैँ साथ र सहयोग हुने बताए । उनले भने ‘हामी राम्रो कामलाई साथ दिन्छौँ नराम्रो कामको सधैँ विरोध गर्छौँ ।’








