अमेरिकी संसदकाे माथिल्लो सदन सिनेटमा इरान युद्ध राेक्न ल्याइएको प्रस्ताव फेल भएको छ ।

विपक्षी डेमोक्र्याट पार्टीले ल्याएको प्रस्तावकाे पक्षमा ४७ मत परेको छ भने विपक्षमा ५३ मत परेको छ ।अमेरिकी सिनेटमा डेमोक्र्यास्टले इरान युद्ध राेक्न प्रस्ताव ल्याएको याे तेस्राेपटक हाे ।

डेमाेक्रेटिक पार्टीले अमेरिकामा युद्ध सुरु गर्ने अधिकार कांग्रेससँग हुने भन्दै ट्रम्पले बिनाअनुमति युद्ध सुरु गरेकाले यस्तो कदम चाल्न नसक्ने बताएको छ । साेही कारण सरकारलाई युद्ध राेक्न दबाब दिन लगातार यस्तो प्रस्ताव ल्याएको जनाएको छ ।

डेमोक्रेट्सले याे युद्धलाई ठीक ढंगले ट्रम्पले बुझ्न नसकेको आरोप लगाएका छन् ।

सांसद क्रिस मर्फीले सरकारले ‘अहिलेसम्म युद्ध किन जरुरी छ ?’ भन्ने समेत बुझ्न नसकेको टिप्पणी गरेका छन् ।

डेमोक्रेट्सले याे मुद्दालाई यही नछोड्नेसमेत स्पष्ट पारेकाे छ । याे मुद्दामा हरेक साता मतदान गराउने डेमाेक्रेट पार्टीको याेजना रहेकाे समेत उल्लेख गरेको छ ।