काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर–१ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खडकराज पौडेल (गनेस) पर्यटनमन्त्री बन्ने भएका छन् ।
रास्वपा शीर्ष नेताहरूको बैठकबाट पौडेललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिने निर्णय गरिएको रास्वपाले जनाएको छ ।
साहित्यवृत्तमा पौडेल गनेस नामले परिचित छन् । उनको ‘पैताला’ उपन्यास प्रकाशित छ ।








