बालेन शाहको नेतृत्वमा बन्ने मन्त्रिपरिषद्‌मा सीता वादीसहित ५ जना महिलामन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुसार सोविता गौतम कानुनमन्त्री बन्दै छन् । उनले चितवन– ३ बाट नेकपाकी उम्मेदवार रेनु दाहाललाई हराउँदै जित हात पारेकी हुन् ।

यस्तै, प्रतिभा रावल सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् भने गीता चौधरीले कृषि मन्त्रालयको जिम्मेवारी पाउने पक्का भएको छ ।

पहिलोपटक वादी समुदायबाट सीता वादी मन्त्री बन्दै छिन् । उनले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएको रास्वपाले जनाएको छ ।

साथै, निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन् । सुनसरीको इनरुवामा जन्मिएकी उनी पेसाले नर्स हुन् ।

मन्त्री बन्न लागेका उनीहरू पाँचमध्ये ४ जना समानुपातिक प्रणालीमार्फत सांसद भएका हुन् भने सोविता प्रत्यक्ष निर्वाचन जितेर आएकी हुन् ।