काठमाडौं : रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्ले अर्थमन्त्री बनेका छन्। आज प्रधानमन्त्री बालेन शाहले शपथग्रहण गरेलगत्तै उनले मन्त्रीपरिषद् विस्तार गरेका हुन्। आज शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गर्दा वाग्लेलाई अर्थमन्त्रीमा बनाएका हुन्।
उनी तनहुँबाट निर्वाचित बनेका हुन्।
प्रधानमन्त्रीले सिफारिस गरेका सबै मन्त्रीहरूले शितल निवासमा शपथ ग्रहण गरेका छन्। रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता शाहबीच छलफल भएपश्चात केही मन्त्रीको नाम टुंगो लागेको थियो।








