प्रधानमन्त्री वालेन्द्र साह बालेनको मन्त्रीमण्डल विस्तार भएको छ । उनको मन्त्रीमण्डल १५ सदस्यीय भएको छ ।

बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहण गरेका थिए । बालेनको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । मन्त्रीहरूले पनि शपथ खाएका छन् । यसमा महिला मन्त्रीहरू पाँच जना छन् ।

बालेनले रक्षा र उद्योग मन्त्रालय पनि आफूसँगै राखेका छन् । उद्योगमा अमरेशकुमार सिंहको नाम चर्चामा भए पनि अन्तिम समयमा उनको नाम काटिएको हो ।

मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिँदा विराजभक्त श्रेष्ठले ऊर्जाको नेतृत्व पाएका छन् ।

सोविता गौतमले कानून मन्त्रालय र शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् । सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल, डा विक्रम तिमिल्सिना सञ्चारमन्त्री, दीपक साहले श्रम मन्त्रीको जिम्मेवारी पाएका छन् ।

सस्मित पोखरेललाई शिक्षा प्रविधि, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिँदा खड्क (गणेश) पौडेलले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका छन् । गीता चौधरी कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री, सीता वादी महिला, बालबालिका तथा निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएका छन् ।