काठमाडौ । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरेको छ । आइतबार (चैत १५) बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पूर्वमन्त्री दीपक खड्का पक्राउ
गएको भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा उनको निवासमा फेला परेको रकमबारे अनुसन्धान गर्न पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीले जारी गरेको जरुरी पक्राउ पुर्जी गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेका छन् । त्यसमा सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा पक्राउ गरिएको जनाइएको छ ।
खड्कालाई सीआईबीकै हिरासतमा राखिएको छ । प्रहरीले सम्पत्ति शुद्धीकरण कसुरमा समेत अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ ।






