काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले आइतबार (चैत १५) बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् । रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुंगो लाग्नेछ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन आधिकारिक रूपमा सार्वजनिक नभई पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको उनले रिटमा जिकिर गरेकी छन् ।








